विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएको समस्या समाधानबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
माधव नेपाल पक्षसँग सहमतिको प्रयास गर्न भन्दै स्थायी कमिटीको बैठक यसअघि पटक पटक स्थगित गरिएको थियो ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गरेका थिए ...