लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयनमा थापाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको केन्द्रीय सदस्य मनोनयनप्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । केन्द्रीय समितिमा गरिएको मनोनयन एकपक्षीय र पूर्वाग्रही भएको थापाको आरोप छ । त्यस्तै, मनोनयन गर्दा विधानको उल्लंघन भएको थापाले आरोप लगाएका छन् । केही दिन अघि अध्यक्ष लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।उनले लेखेका छन् – राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रही रूपमा गरिएको मनोनयनको भर्त्सना गर्दछु । ३३प्रतिशत अन

सम्बन्धित सामग्री

नागरिकता विधेयकप्रति मोहन वैद्यको आपत्ति

काठमाडौं : प्रतिनिधिसभाबाट पारित नागरिकतासम्बन्धी विधेयकप्रति नेकपा (क्रान्तिकारी माओवादी)ले आपत्ति जनाएको छ। पार्टीका महासचिव मोहन वैद्य 'किरण'ले वक्तव्य जारी गर्दै नागरिकता जस्तो अति संवेदनशील विषयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि प्रतिनिधिसभाको विषयगत समितिमा नपठाई र कतिपय सांसदहरुले राखेका संशोधन प्रस्तावलाई समेत पूर्णतः वेवास्ता गरी फास्ट ट्र्याकमार्फत् पारित गरिएको भन्दै आपत्ति जनाएका हुन्। …

प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्तिप्रति चिनियाँ दूतावासको आपत्ति

चीनले नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग जोडेर चीनको भूमिकाप्रति थम्पसनले दिएको अभिव्यक्तिको खण्डन गरेको हो ।थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेपालमा चीनको विरोधकै बीच एमसीसी परियोजना अनुमोदन भएको बताएका थिए । उनले चिनियाँ दुष्प्रचारका बीच नेपालको संसदले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको बताएका थि

अछाममा कांग्रेसले समन्वय समितिमा एकलौटी गरेको भन्दै एकीकृत समाजवादीको आपत्ति

१८ जेठ, काठमाडौं । अछामको जिल्ला समन्वय समितिमा कांग्रेसले एकलौटी गरेको भन्दै एकीकृत समाजवादीले आपत्ति जनाएको छ । स्थानीय निर्वाचनको हिसाब किताब प्रदेश र संघको निर्वाचनमा गर्ने चेतावनी पनि एकीकृत समाजवादीले कांग्रेसलाई दिएको छ । ‘हाम्रो भोटले कांग्रेसले अछाममा धेरै ठाउँमा जित्यो । कमलबजारको मेयर, रामारोशन गाउँपालिका अध्यक्ष हाम्रो सहयोगमा कांग्रेसले जितेको थियो’, अछाम घर […]

एमसीसी जबर्जस्ती पेस भएकोमा गम्भीर आपत्ति छ : महरा

पूर्व सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको आजको बैठकमा सरकारले विवाद र विरोधका बीच मिलिनियम च्यालेञ्ज कम्प्याक्ट ( एमसीसी) सम्झौता पेस भएको घटनाप्रति आफू र आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै महराले कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको स्पष्ट पारेका हुन् ।उनले एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एव

केन्द्रीय सदस्य मनोनयनप्रति कमल थापाको आपत्ति

२१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गरेको मंगलबार केन्द्रीय समितिमा गरेको ३१ जनाको मनोनयनप्रति पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । थापाले उक्त मनोनयन एकपक्षीय र पूर्वाग्रही भएको बताएका छन् । थापाले भनेका छन्, ‘३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ । मधेसी समुदाय, दलित, महिला र […]

एमालेमा २ केन्द्रीय सदस्य थपेकोमा भीम रावलको आपत्ति

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटीमा सदस्य थपिएकोमा आपत्ति जनाएका छन् । एमाले केन्द्रीय कमिटीको बैठकमा रावलले केन्द्रीय कमिटीमा दुई जना सदस्य थपिएकोमा आपत्ति जनाएका हुन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले सपथ लिएका छन् । प्रभु साह निकट दुवै जना हालै मात्र केन्द्रीय समितिमा मनोनित […]

एमाले विवाद संसदीय समितिमा पोखिएपछि…

प्रतिनिधिसभाअन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार कार्यसूचीअनुसार नै बैठक चलिरहेको थियो। सदस्यहरुले सहज रुपमै आफ्ना धारणा राखिरहेका थिए। त्यहीक्रममा समितिका केही सदस्यले केपी ओली नेतृत्वको सरकारमा सहभागी पूर्वमन्त्रीहरु समितिमा बस्न नपाउने तर्क गरे। तर सदस्य नारदमुनी रानाले वर्तमान सरकार परमादेशबाट बनेको भन्दै ती तर्कप्रति आपत्ति जनाए। त्यसपछि समितिको माहोल एकाएक बिग्रियो। रानाको भनाइप्रति सबैभन्दा बढी आपत्ति […]

संसदीय समितिमा एमाले सांसद रानाको अभिव्यक्तिलाई लिएर माधव नेपाल आक्रोशित

काठमाडौं, १० साउन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले सांसद नारदमुनि रानाको अभिव्यक्तिलाई लिएर सांसदहरुबीच चर्काचर्की परेको छ । समितिको बैठकमा सांसद रानाले अहिलेको सरकार र संसद् परमादेशबाट बनेको अभिव्यक्ति दिएका थिए । रानाको अभिव्यक्तिलाई लिएर एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र कांग्रेस सांसदहरुले आपत्ति जनाएका थिए । नेता नेपालले त रानालाई प्रतिगमनको पक्षमा […]

संसदीय समितिमा अझै नेकपाको सांसद हुनुपरेको भन्दै एमालेको आपत्ति

काठमाण्डाै – नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग दल भइसके पनि संसदीय समितिमा नेकपा नै रहेको भन्दै एमालेले विरोध जनाएको छ । प्रतिनिधि सभाको बिहीवारकाे बैठकमा एमालेका सांसद खगराज अधिकारीले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी बिउँतिएर पुरानै संरचनामा काम भइरहे पनि संसदीय समितिमा अझै नेकपाकै सांसदको रूपमा रहन बाध्य भएको भन्दै आपत्ति जनाउनुभयो । अब संसद्ले नेकपालाई नचिन्ने भएकाले आफूहरूलाई संसदीय समितिमा एमालेकै दर्जामा राख्न पनि अधिकारीले माग गर्नुभयो । नेकपा नै ...