जनकपुरधाम – मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीको पाँच प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गरेका थिए । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेस प्रदेशसभाका सभामुख मण्डललाई ती पाँच जना प्रदेशसभा सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश […]
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्। प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन्। उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे। त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो। भेटका क्रममा स्थानीय सरकार प्रमुखहरूले आफूहरूले भोगिरहेका […]
१ मंसिर, काठमाडौं। विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहको दोस्रो किताब 'मृतसागरदेखि सगरमाथासम्म' सार्वजनिक भएको छ।
प्रज्ञा भवनको डबलीमा जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारी, युजन राजभण्डारी र भावना राउतसँगै लेखक शाहले पुस्तक सार्वजनिक गरेका हुन् …
काठमाडौँ- नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ। हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट हुँदै आएकोमा अबदेखि भैरहवा जाने भएको हो। ‘मंसिर ३ देखि लागू हुने गरी कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने […]
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।