बाँकेमा १० जना मेडिकल अधिकृत माग गर्दा २ जनाको आवेदन

बाँके। कोरोना महामारीको संक्रमणसँग जुधिरहेको बाँकेमा जनशक्तिको अभाव देखिएको छ। केन्द्रबाट जनशक्ति माग हुँदा करारमा भर्ना भनिएको थियो। १० जना मेडिकल अधिकृतका लागि विज्ञापन आह्वान गर्दा दुई जनाको मात्र आवेदन परेको छ। बाँकेका सीडीओ शिवराम गेलालले विज्ञापनअनुसार आवेदन नपरेपछि केन्द्रलाई कर्मचारी पठाइदिन अनुरोध गरिएको बताए। अन्य विज्ञापनमा पनि मागअनुसार आवेदन नपरेको उनको भनाइ छ।