सार्वजनिक पदका व्‍यक्तिको छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह

४ चैत, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाका सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो छोराछोरीलाई नयाँ शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेको छ । सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई […]

सम्बन्धित सामग्री

बुटवलमा सामुदायिक विद्यालयमा भर्ना नपाएर फर्किन्छन् हजारौं बालबालिका

सरकार वैशाख १५ सम्म भर्ना अभियान भने पनि बालबालिकालाई भर्ना गराउन अभिभावकहरुलाई सामुदायिक विद्यालय धाइरहेका छन् । बैशाख दोस्रो साता सकिए पनि बुटवल क्षेत्रका सामुदायिक विद्यालयमा अभिभावकहरुको भीड घटेको छैन ।

सामुदायिक विद्यालय हुनु त यस्तो पो !

दार्चुला – खलङ्गामा रहेकाे महेन्द्र नमुना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा पर्न थालेकाे छ । जिल्ला सदरमुकाममा रहेकाे याे विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । अब्बल शैक्षिक गुणस्तर कायम राख्न सकेकै कारण विद्यालयमा विद्यार्थी आकर्षित भएका जनाइएको छ ।  जिल्लाका अन्य पालिकाबाट विद्यालयमा पढ्न आउने विद्यार्थी घट्नाको साटो झन् बढेको बढ्यै छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत याे विद्यालयलाई छनोट गरेको छ ।  सदरमुकाम खलङ्गामै दर्जनाैँ संस्थागत तथा...

विद्यालय भर्ना अभियान प्रभावकारी

सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ। यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएका सामुदायिक विद्यालयले जनाएका छन्। सामुदायिक विद्यालय सुधारका लागि विविध कार्यक्रममध्ये विद्यालय भर्ना अभियानलाई प्राथमिकतामा राखिएको जिल्ला शिक्षा समन्वय एकाइ सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो। उहाँका अनुसार चलिरहेको विद्यालय भर्ना अभियान प्रभावकारी रहेको छ। विगतको तुलनामा अभिभावकको आकर्षण सामुदायिक विद्यालयप्रति बढ्दो छ।