झापा : छिमेकीसँग हातपातको क्रममा लडेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका ५ टेक्रा निवासी ५७ वर्षीय बलबहादुर बिक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।घाइते विकको उपचारको क्रममा शुक्रबार बिहान ४ बजे बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो। प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेका विक सोमबार बेलुका ७ बजे होहल्ला गर्दै छिमेकी ४७ वर्षीय मोहन घिमिरेको घरमा गएर विना कारण झगडा गर्न पुगेका थिए।सोही क्रममा दुवै पक्षबीच सामान्य हातपात हुँदा विक लडेर गम्भीर