यो चुनावी सरकार हो, पपुलिस्ट बजेट ल्याउन पाउँदैन : पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकार चुनावी सरकार भएकाले दीर्घकालिन महत्वका आयोजना अघि बढाउन नपाउने बताएका छन् । आज संसदको प्रि–बजेट छलफलमा बोल्दै उनले सरकारले दीर्घकालिन महत्वका आयोजनालाई निर्धक्क अघि बढाउन नपाउने बताएका हुन् ।‘आउँदो मंसिरमा चुनाव गर्नुपर्ने स्थिति छ,’ पौडेलले भने, ‘त्यसैले दीर्घकालिन दायित्व थप्ने काम यो सरकारले गर्न पाउँदैन ।’ उनले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय हावादारी भएको समेत बताए । ‘बजेट स्रोतको