युक्रेनको खेरसनबाट फर्किन रुसी सेनालाई मस्कोको आदेश

युक्रेनी सेनाको जबाफी आक्रमणबीच रुसले आफ्नो अभियानलाई थप ठूलो धक्का दिँदै बुधबार दक्षिणी युक्रेनको खेरसन शहरबाट आफ्ना सेनालाई फिर्ता गर्न आदेश दिएको छ। “सेना फिर्ता गर्न सुरु गर्नुहोस्,“ रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई सुरोभिकिनसँगको टेलिभिजन बैठकमा भने । कमाण्डरले शहरबाट फिर्ता लिने र डिनिप्रो नदीको पूर्वी किनारमा प्रतिरक्षा स्थापना गर्ने “कठिन निर्णय“ प्रस्ताव गरेका थिए ।  खेरसन सहर रूसले आफ्नो “विशेष सैन्य अपरेसन“ को