सगरमाथाको नाम र उचाइ

समुद्री सतहदेखि नाप्दा हालसम्मको विश्वकै अग्लो हिम शिखर सगरमाथा हो । उक्त हिम शिखर सौभाग्यवश हामै्र देश नेपालमा रहेको छ । जुन हिमाल पर्वतारोहीमाझ सगरमाथा/एभरेस्ट भनी चिनिन्छ । अनादि कालदेखि सोही क्षेत्रमा बस्दै आएका स्थानीय बासिन्दाहरूले बोलाउने पुरानो नाम ‘चोमोलुङमा’ हो । पछि यो हिमाल अंग्रेजीमा ‘एभरेस्ट’ भयो भने नेपालीमा ‘सगरमाथा’ । हाल विदेशीमाझ ‘एभरेस्ट’ नाम र नेपालीका माझ ‘सगरमाथा’ नामले चिनिन थालेको छ । २०७२ मा नेपालमा गएको भूकम्पपछि काठमाडौं उपत्यकालगायत ठाउँमा केही सेन्टीमिटर भए पनि उचाइ बढेको पाइएपछि सगरमाथा हिमालको पनि उचाइ थपघट भएको हुन सक्छ भनी सगरमाथाको नयाँ उचाइ लिनुपर्ने माग उठ्यो । लगभग ३ वर्षअघि नेपाल सरकारले ‘सगरमाथा’को नयाँ उचाइ पत्ता लगाउन नापजाँचको काम गर्न तत्कालीन भूमि सुधार मन्त्रालय (हाल भूमि व्यवस्था मन्त्रालय) अन्तर्गत रहेको नापी विभागलाई कार्यादेश र जिम्मा दिएको थियो । तर, कोरोना महामारीलगायत अन्य कारणले गतवर्षको मङ्सिर २३ मा मात्रै सगरमाथाको नयाँ उचाइको घोषणा ग¥यो, नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा । त्यस घोषणाअनुसार सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ सेन्टीमीटर कायम रहेको छ । त्यसअघि नेपाल सरकारले ८ हजार ८ सय ४८ मीटरलाई सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको थियो भने, चीन सरकारले चाहिँ ८ हजार ८ सय ४४ दशलमव ४३ सेन्टीमीटर । अमेरिका, यूरोपका देशले चाहिँ सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मीटर रहेको भन्दै आएका थिए ।   ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरू अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५औं चुली’लगायत डेढ दर्जनभन्दा बढी नामहरू अड्कल गरिएका थिए । पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमाल अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । अभैm पनि पर्वतारोही र सगरमाथालगायत हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरू (धेरै जसो विदेशी लेखकहरूले) ले ‘चोमोलुङमा’ भनी लेखेको देखिन्छ । हुन पनि सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । भनिन्छ, त्यस बेला सर जर्ज एभरेस्ट आप्mनो सेवा अवधि सकेर बेलायतको इङल्यान्डमा ‘अवकाश जीवन’ बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्वे) प्रमुख भएर काम गरेका थिए । त्यस्तै ‘चोमोलुङमा’को उचाइका सम्बन्धमा पनि शुरूशुरूमा एक रूपता थिएन । (अहिले पनि छैन) कहिले ८ हजार ८ सय ८८ मीटर, कहिले ८ हजार ८ सय ४० मीटर, कहिले ८ हजार ८ सय ५० मीटर, कहिले ८ हजार ८ सय ७२ मीटर, कहिले ८ हजार ८ सय ४४ दशमलव ४३ मीटर, कहिले ८ हजार ८ सय ४८ मीटर आदि भनी प्रचारमा ल्याइने गरिन्छ । यस्तो काम बढीजसो यूरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोहीहरू र लेखकहरूले गर्ने गरेका छन् । जे होस्, अस्तिसम्म नेपालले मान्दै÷मान्यता दिँदै आएको उचाइ ८ हजार ८ सय ४८ मीटर जुन छ, त्यो सन् १९५४ मा सर्वे अफ इन्डियाले गरेको नापजाँचको आधारमा निकालिएको उचाइ थियो । स्मरणीय छ, चीनतर्फबाट सगरमाथा चढ्ने पर्वतारोहीहरूलाई चीन सरकारले प्रमाणपत्र दिँदा अझै पनि (पोहोरसम्म) ८ हजार ८ सय ४४ मीटरकै प्रमाणपत्र दिने गरेको थियो । जे भए तापनि यसपटक नेपाल र चीन दुवै देशको ‘भद्र सहमति’ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर सगरमाथाको नयाँ उचाइ कायम भएकाले अबका दिनमा चीन तर्फबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरूलाई चीन सरकारले दिने प्रमाणपत्रमा ‘८ हजार ८ सय ४८ दशमलव ८६ मीटर’ नै कायम होला÷गर्ला भन्ने आशा गर्न सकिन्छ । स्मरणीय छ, गत मे को सिजनमा चीनले पनि आफ्नो तर्फबाट सगरमाथाको नापजाँच गरी सकेको छ । त्यसो त सर्वप्रथम सन् १८५२ मा सगरमाथाको उचाइ ८ हजार ४० मीटर मानिएको थियो भन्ने प्रसंग माथि नै उल्लेख भएको छ । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरू) र देशैपिच्छे सगरमाथाको उचाइ मान्न थालियो भन्ने पनि उल्लेख गरिएको छ । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथाको उचाइ ८ हजार ७२ मीटर लेखिएको छ भने, एक पे्रmन्च जोडीले लेखेको किताबमा सगमाथाको उचाइ ८ हजार ८ सय ४२ मीटर लेखिएको छ । यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, त्यस वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यू जिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले सगरमाथाको शिरमा प्रेथम पाइला राख्न सफल भएका थिए । हुन त त्यसअघि पनि सन् १९५१ मा सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर) तेङबोचे हुँदै नेपालतर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् । त्यस्तै फेरि सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालतर्फ बाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, उनीहरू वर्षात् अघिको प्रयासमा ८ हजार ५ सय ९५ मीटरसम्म र वर्षात्पछिको प्रयासमा ८ हजार १६ मीटरको उचाइसम्म पुग्न सफल भएका थिए । सम्भवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोहीहरू थिए ।  लेखक पर्यटन व्यवसायी हुन् ।

सम्बन्धित सामग्री

यी हुन् दुनियाँकै होचा व्यक्ति

अफशिन इस्माइल विश्वकै सबैभन्दा होचो कदका पुरुष बनेका छन् । दुबइस्थित गिनिज वर्ल्ड रेकर्डस्को कार्यालयले उनको जीउको उचाइ तीन पटक मापन गर्दै उनी विश्वकै सबैभन्दा होचो व्यक्ति भएको प्रमाणित गरेको छ र उनको नाम गिनिज बुकमा दर्ज गरेको छ । २० वर्षका अफशिन इस्माइल घादेरजादेहको सरीरको उचाइ जम्मा २.१ इन्च छ भने शरीरको वजन साढे […]

दम्पत्तिको उचाइमा ३ फिटको अन्तर, अमेरिकी जोडीले बनायो विश्व कीर्तिमान

काठमाडौं । पति र पत्नीबीचको शरीरको उचाइ कतिसम्म फरक हुन्छ होला ? अमेरिकामा चाहिँ एक दम्पत्तिको शरीरको उचाइमा झण्डै ३ फिटको अन्तर छ । योसँगै क्रिस्टी चान्डलर र सेनेक्का कोरसेट्टी विश्वमा सर्वाधिक उचाइ अन्तर भएका समलिंगी जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् । क्रिस्टीको उचाइ ५ फिट ११.७४ इन्च छ भने सेनेक्काको […]

लाखौँ बेल्चा बोक्ने हातहरूले लेखिरहेछन् खाडीको बाफिलो बालुवामा दीनहीनको कथा

सेतो सर्ट, कालो प्यान्ट, कालै चस्मा, तेरे नाम स्टाइलको हेयर कट, गहुँगोरो वर्ण, उचाइ अन्दाजी ५ फिट ६ इन्च उसलाई हेर्दा लाग्थ्यो– ऊ कुनै पर्दाको उदीयमान हिरो हो। र, ऊ सडकछेउको पेटीमा कुनै एक पात्रको चरित्र निर्वाह गर्दै छ। सडक व्यस्त छ। बाटोको एक किनारदेखि अर्को किनारसम्म लामो लाइन छ तैपनि कसो–कसो त्यो भीडमा मेरो […]

एनबीएलले बास्केटबलको उचाइ बढ्नेछ

काठमाडौं । नेपालमा बास्केटबलमा धेरै लोकप्रिय रहेको छ । त्यसैले पनि बास्केटबल कोर्ट प्रायजसो नाम चलेका कलेज विद्यालयमा छन् । विद्यालय र कलेजस्तरीय धेरै प्रतियोगिता पनि भइरहेका छन् । तर, यतिले भने बास्केटबललाई व्यावसायिक भने गराउन सकेको छैन । अहिले यसलाई व्यावसायिक बनाउन नेपाल बास्केटबल संघले नेपाल बास्केटबल लिग (एनबीएल) शुरू गर्न लागेको छ । […]

मलेसियामा विश्वकै दोस्रो अग्लो भवन बन्दै

विश्वमा अग्लो भवनको.कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् । जसको उचाइ ८२९.८ मिटर अर्थात् २,७२२ फिट छ । जो मानिस दुबई जान्छन् उनीहरू यो भवन नहेरी पक्कै पनि फर्किँदैनन् । तर तपाईंलाई थाहा छ विश्वकै दोस्रो अग्लो भवन मलेसियामा निर्माण हुँदैछ । यो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने छ ।यो भन्दा पहिले विश्वकै दोस्रो अग्लो भवनको रूपमा शंघाई टावर रहदै आएको थियो । यो टावरको उचाइ २,०७३ फिट छ ।

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. राजधानी स्पेन टोबागो भन्ने देशको राजधानीको नाम एउटा युरोपीय देशको नामसँग मिल्छ । जसको नाम स्पेन हो । २. स्टारफिस स्टारफिसको गिदी हुँदैन । ३. खेर फालेका खानेकुरा एक अनुसन्धान अनुसार एक दिनमा अमेरिकीहरुले जति खानेकुरा खेर फाल्छन्, त्यतिले २ लाख ४० हजार १८४ जनालाई एक वर्षसम्म मजाले खान पुग्नेछ । ४. उचाइ र […]

७ फुटकी रुमेसा बनिन् विश्वकै अग्ली महिला, गिनिज बुकमा लेखाइन् नाम

काठमाडौं । टर्कीकी रुमेसा गेल्गी संसारकै सबैभन्दा अग्ली महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । ७ फुट अग्ली रुमेसालाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले औपचारिक रुपमा विश्वकै अग्ली महिलाको कीर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो । टर्कीको काराबुक प्रान्तकी गेल्गीको सरीरको उचाइ ७ फिट ०.७ इन्च रहेको छ । रुमेसाको सरीरको उचाइ धेरै हुनुको कारण […]

सगरमाथालाई भारतीय नाम दिने अभियानप्रति अखिल नेपाल युवक संघको विरोध

काठमाडौँ । भारतीय टेलिभिजन जीन्युजले सरगरमाथालाई भारतीय नाम दिने अभियान चलाएपछि अखिल नेपाल युवक सङ्घले त्यसको विरोध गरेको छ । युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेको हस्ताक्षरमा २०७७ पुस २९ गते जारी प्रेसवक्तव्यमा यस्तो विरोध गरिएको हो । नेपालको सार्वभौमिकताको विरुद्ध अभिव्यक्ति दिने जीन्युजजस्ता च्यानललाई प्रतिबन्ध लगाउन माग गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ “भारतीय टेलिभिजन च्यानल जीन्युजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थालेकोप्रत िहाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता लिएर भर्खर फर्किएका जीन्युजका सम्पादक सुधीर चौधरीले नै नेपाल आएका बेला हेलिकप्टरबाट सगरमाथा आधार शिविर पुगेर उक्त अभियान सुरु गरेको बताउनु गम्भीर आपत्तिजनक विषय रहेको छ। भारतका राधानाथ सिकदरले सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नाम रहनुपर्ने दाबी उनको छ । प्रम ओलीसँग अन्तरवार्ताको नाममा बालुवाटार आएका सुधीर चौधरी एकाएक कालापथ्थर पुगी यस प्रकारको गतिविधिमा सहभागी कसरी भए ? किन त्यसका लागि वातावरण बनाइयो ? यसको उपयुक्त छानबिन गर्न माग गर्दछौँ । यसअघि जीन्युजले प्रम ओली र चिनियाँ राजदूत होउ यान्छीबिचको कपोल्कल्पित संवादसहितको आपत्तिजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरूले जीसहितका केही भारतीय च्यानलको प्रसारणमा रोक लगाएका थिए । अहिले त्यही विवादास्पद पत्रकार र टेलिभिजनसँग प्रधानमन्त्रीले अन्तरवार्ता दिनु र लगत्तै सोही टेलिभिजनले नेपालको राष्ट्रिय स्वाभिमानमाथि धावा बोल्नुले गम्भीर शङ्का उत्पन्न गराएको छ । केपी ओलीले चुनावी माहोल बनाउन राष्ट्रियताका कुरा गर्ने र पछि राष्ट्रघातका कार्यमा अग्रसर हुने गरेका उदाहरण प्रशस्त छन् । त्यसैको निरन्तरताको रूपमा यो घटना दोहोरिएको हो भने यसले मुलुकलाई ठुलो क्षति पुर्याउने छ। यस प्रकारका गतिविधिको घोर निन्दा गर्दै आपत्तिजनक समाचार प्रसारण गर्ने च्यानललाई रोक लगाउन माग गर्दछौँ; र, राष्ट्रघातीहरूको भण्डाफोर गर्न सबै राष्ट्रवादी जनतालार्इ आह्वान गर्दछौँ ।”

काठमाडौंलाई ‘ग्यास च्याम्बर’ बन्न नदेऊ

अघिल्लो महिना अन्तर्राष्ट्रिय मिडियामा नेपालको नाम छायो, सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको समाचारले । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाइ बढेर ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर पुगेको खबर संसारभर फैलियो । सगरमाथा र गौतमबुद्ध नेपालका अन्तर्राष्ट्रिय पहिचान हुन्, जसलाई देखाएर नेपालले विश्वभर प्रचार गरिरहेको छ ।  तर बेलाबखत नेपालको नाम केही नकारात्मक घटनाले पनि अन्तर्राष्ट्रिय मिडियामा छाउने गरेका छन्- कहिले भ्रष्टाचार त कहिले प्रदूषणको इन्डिकेटरमा अगाडि लागेका समाचारले ।  अहिले विश्वका प्...