टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

 साउन ९, टोकियो   । जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिवार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।            प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।यसैगरी  महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी छन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराएकी हुन् ।  यसैबीच शनिवार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ । रासस/ सिन्ह्वा

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः ६० देशले जिते २४४ वटा स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को १३औं दिनसम्म आइपुग्दा विश्वका ६० देशले एक वा एकभन्दा बढी स्वर्ण पदक जित्न सफल भएका छन्।हालसम्म २४४ स्वर्ण पदकको टुङ्गो लागिसक्दा सबैभन्दा बढी चीनले ३२ वटा जितेको छ। यस्तै, अमेरिकाले २५, जापानले २१, बेलायतले १५,अष्ट्रेलियाले १५, रुसी खेलाडीले १४, जर्मनीले ९ र फ्रान्स, इटाली, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजल्याण्डले ६–६ वटा स्वर्ण हात पारेका छन्।

टोकियो ओलम्पिकः ५७ देशले जिते २२५ स्वर्ण

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा हालसम्म २२५ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आयोजकका अनुसार ५७ देशले एक वा एकभन्दा बढी स्वर्ण हात पारेका छन्।हालसम्म सबैभन्दा बढी चीनले ३२ वटा स्वर्ण पदक जितेको छ। अमेरिकाले २४, जापानले १९, अष्ट्रेलियाले १४, रुसी खेलाडीले १३, बेलायतले १३, जर्मनीले ८, फ्रान्स, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजिल्याण्डले ६–६ र इटालीले ५ वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिक : १७६ स्वर्ण पदकको छिनोफानो, चीनकाे अग्रता कायमै

काठमाण्डाै - जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ । अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ । चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्णसहित ५९ पदक जितेको  छ । यस्तै, तेस्रो स्थानको आयोजक देश जापानले १७ स्वर्णसहित ३१ पदक जितेको छ ।  चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित  ३१ पदक जित्दा पाँचौँ स्थानमा रहेको रुस ओलम्पिक कमिटीले १२ स्वर्ण सहित ४४ पदक जितेको छ । यस्तै,  बेलायतले  १०, दक्षिण कोरिया र फ्रान्...

टोकियो ओलम्पिकमा आज २२ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं। टोकियो ओलम्पिक २०२० को आज चौथो दिन २२ वटा स्वर्ण पदकका लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ। तीन दिनमा ५० स्वर्ण पदकको छिनोफानो भइसकेको छ। आज स्वीमिङ, बास्केटबल, सफ्टबल, जिम्नास्टिक, स्केटबोर्डिङ, हकी, बक्सिङ, शुटिङ, टेबल टेनिस खेलमा आज प्रतिस्पर्धा हुनेछ। तेस्रो दिनसम्म सबैभन्दा बढी स्वर्ण पदक जित्ने देशमा जापान, अमेरिका, चीन, रुसी खेलाडी, बेलायत, दक्षिण कोरिया रहेका छन्।

टोकियो ओलम्पिकको पहिलो दिन ९ देशले जिते स्वर्ण पदक

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पहिलो दिन कुल ११ स्वर्णको लागि भएका विभिन्न प्रतिस्पर्धामा ९ देशले स्वर्ण पदक हात पारेका छन्। पहिलो दिन सबैभन्दा बढी चीनले ३ वटा स्वर्ण पदक हात पारेको छ भने इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डले एक–एक वटा स्वर्ण जितेका छन्। पहिलो दिन कुल १९ देशले विभिन्न पदक प्राप्त गरेका छन्।

टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौँ - जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ ।  प्रतियोगितामा इटाली र जापान एक/एक स्वर्ण तथा दुई/दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो …