ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो । गत मङ्सिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो । मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो । यसका लागि उनकै सक्रियतामा रु ३० लाख सङ्कलन भएको थियो । “गाउँको विकासका लागि केही ग