सुदूरपश्चिममा विरासत फर्काउने काँग्रेसको दाउ

प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को छाँटकाँट देखाएको छ। कांग्रेसका लागि स्थानीय निर्वाचनले सुदूरपश्चिममा गुमेको विरासत फर्किन सक्ने लक्षण देखिएको हो।स्थानीय निर्वाचनमा सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले सुदूपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयररअध्यक्ष) जितेको छ। यस्तै नेकपा