कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । यस अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बुवालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन् ।
१७ भदौ, काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी …