गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मुल समारोह समितिद्वारा पोखरामा सोमबार आयोजित विशेष कार्यक्रममा गुरुङले तीन वटै तहको सरकारले जनताको समृद्धिको लागि काम गर्नुपर्ने बताएका हुन् ।