सरकारले हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् । बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि सुनाए ।