काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन भएको साढे ३ महिनामा संसद अधिवेशन २ पटक अन्त्य गरेको छ।पाँचदलीय गठबन्धनबाट बनेको देउवा सरकारले यसअघि संसद अधिवेशन अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो।सो अध्यादेशका कारण नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए। पछि चौतर्फी विरोध भएपछि अध्यादेश खारेज गरिएको थियो।अहिलेको प्रतिनिधिसभाको नवौं र राष्ट्रियसभाको दशौं अधिवेशन पनि आज (शुक्रबार) राति लागू हुने गरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी