प्रधानन्यायाधीशले अझै पनि राजीनामा दिए हुन्छ, काउन्टर प्रस्ताव ल्याए एमाले सदाका लाग सिद्धिन्छः रामनारायण बिडारी

काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद र कानुनविद् रामनारायण बिडारीले सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि महाभियोग ल्याए एमाले सदाका लाग सिद्धिने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद बिडारीले भने, “नेकपा एमालेले भनेजस्तो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आएको महाभियोगको निर्वाचनसँग सरोकार छैन । […]