काठमाण्डाै – युरो कपमा नकआउट चरणको दोस्रो दिन आइतवार मध्यरातमा गएको वर्षको च्याम्पियन पोर्चुगल र विश्वको नम्बर एक टिम बेल्जियमबीच खेल हुँदैछ । सेभियामा हुने खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो उपाधि बचाइराख्न मैदानमा उत्रिने छन् । उता रोमेलु लुकाकुको टिम बेल्जियम पनि सन् १९८९ पछि पहिलो पटक पोर्चुगललाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।
बेल्जियमको कुरा गर्दा उसले लिग चरणको ग्रुप ‘बी’ मा शीर्ष टिम बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । उसले पछिल्लो तीन खेलमा रुसलाई तीन–शून्य, ...