विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्। महासचिव शंकर पोखरेलले शुक्रबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा उनीहरूलाई स्वागत गरे। एमाले प्रवेश गर्नेहरूमा आशिष रेग्मी र सञ्जय बराल छन्। दुबै जना विवेकशील साझाको केन्द्रीय नेतृत्वमा रहेर आर्थिक विभाग लगायत विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए।