पूर्वी नाकाबाट भारतीयलाई प्रवेश निषेध

पूर्वी नाकाबाट भारतीय यात्रीको प्रवेशलाई पूर्ण रूपमा बन्देज गरिएको छ । कोरोना विपद् व्यवस्थापन केन्द्रको निर्णयअनुसार पीसीआर रिपोर्ट भएका भारतीयलाई समेत प्रवेश निषेध गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।  ‘भारतीयलाई मंगलबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाइएको हो,’ प्रजिअ तिम्सिनाले भने, ‘नेपालीहरूलाई समेत पारि नजान अनुरोध गरिरहेका छौं ।’ नेपालले भारतीयलाई रोक लगाएपछि भारतीय अधिकारीले समेत नेपालीलाई रोक लगाउने तयारी गरिरहेको बुझिएको छ । &ls...