श्वेतपत्र जारी गर्दै एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ : नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्ने बताएका छन् । एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् । एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि  नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशंका रहेको छ । एसपीपी सम्बन्धी घटनाक्रमको विका