तास खेलेको भिडियो बाहिरिएपछि सर्लाहीका सिडिओ फेरिए

सर्लाहीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले सर्लाहीमा प्रमुख जिल्ला अधिकारीमा सह–सचिव बाबुराम खतिवडालाई पठाएको छ । सर्लाहीमा कार्यरत राम कुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीका एसपीसँग प्रमुख जिल्ला अधिकारीले तास खेलेको भिडियो बाहिरिएपछि उनीहरुलाई सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।आइतबार सर्लाहीबाट प्रहरी उपरिक्षक (एसपी) सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको पनि सरुवा गरिएको थ