माओवादी केन्द्रको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । मंगलबारका लागि तय भएको बैठक पदाधिकारी टुंगाउनका लागि आन्तरिक गृहकार्य भन्दै स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा मंगलबार दिनभर आन्तरिक छलफल गरेको माओवादीले आजको बैठकमार्फत पदाधिकारीसहितको विषय टुंग्याउने तयारी गरेको छ। […]