महिला र छात्राहरुको शिक्षालगायत क्षेत्रमा अधिकारबारे वकालत गरेपछि तालिवानको आक्रमणमा परेकी पाकिस्तानी युवती मलाला युसुफजाईले अफगानिस्तानको पछिल्लो राजनीतिक परिस्थितिले आफू ‘स्तब्ध’ भएको बताएकी छिन्। तालिवानले अफगानिस्तानको सत्ता हातमा लिने तयारी भइरहँदा २४ वर्षीया मलालाले आगामी दिनमा महिला, पिछडिएकासहितका मानव अधिकारको अवस्थालाई लिएर गहिरो चिन्ता लागेको बताएकी छिन्। उनले अन्तर्राष्ट्रिय समुदायबाट अफगानिस्तानको पछिल्लो अवस्थामाथि हस्तक्षेप हुनुपर्ने […]