राज्यको खर्च जोगाउन तीनै तहको चुनाव एकैपटक गर्नुपर्छ : माओवादी

काठमाडौं : नेकपा (माओवादी) केन्द्रको पूर्व-स्थायी कमिटी सदस्यहरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा जोड दिएको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ? भनेर छलफल भएको भएका बताए।उनले भने, ‘अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्हरूसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ। चुनावमा सकेसम्म कम खर्चमा एकैपटक गर्न पाए हुन

सम्बन्धित सामग्री

स्थानीय चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको तयारी

काठमाडौं, २४ चैत्र । सत्ता गठबन्धनले स्थानीय चुनावलाई पछि धकेल्ने तयारी थालेका छन् । चुनावमा गठबन्धनले तालमेल गर्ने भनेपनि समस्याहरु आउन थालेपछि गठबन्धन चुनाव धकेल्ने तयारीमा लागेका हुन् । विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक कात्तिक या मंसिरमा गर्नेबारे बालुवाटारले छलफल थालेको छ । चुनाव सार्ने पक्षमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष […]

तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ- प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् । बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले […]

तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री  देउवासँग छलफल गरिएको बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने,‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,&rsqu

तीनै तहको चुनाव एकसाथ गर्न छलफल

गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्, सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक छन् । मिलनबिन्दु खोज्न तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धनभित्र प्रवेश भएको छ ।