सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटाैँडा कपडा उद्याेगकाे कपडा लगाउनुपर्ने !

काठमाण्डाै – सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै यस्ताे बताउनुभएकाे हाे । रुग्ण उद्योगहरूलाई पुनर्संरचना गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने उहाँले बताउनुभएको हो ।