केही खुकुलो बनाउँदै कास्कीमा एक साता निषेधाज्ञा थप

असार ७, कास्की । कोभिड–१९ को दोस्रो भेरियन्टको संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतवार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार असार ८ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताए । प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पांग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ ।  यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटिपार्लर, सैलनु, फुटपाथ पसललगायत सेवालाई निषेधाज्ञाको समयमा  सञ्चालन अनुमति दिइएको छैन ।  यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै  बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनबाट बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने जानकारी दिइएको छ । रासस

सम्बन्धित सामग्री

सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा थप

जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ । कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । जनताको जीवनस्तरलाई हेरेर प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बीचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवनरक्षा ग

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?

काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले…

सल्यानमा पाँचौपटक निषेधाज्ञा थप

सल्यान। सल्यानमा थप एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जिल्लामा पाँचौपटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

सल्यानमा पाँचौपटक निषेधाज्ञा थप

सल्यान। सल्यानमा थप एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जिल्लामा पाँचौपटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

महोत्तरीमा एक साता खुकुलो निषेधाज्ञा

महोत्तरी। कोरोना संक्रमणको दर कम हुँदै गएपनि महोत्तरी जिल्लामा गएराति देखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार बिहान, साँझमा तीन घण्टा अत्यावश्यक सामग्रीको पसल खुल्ने र सीमा नाका बन्द गर्ने गरी निषेधाज्ञा खुकुलो बनाईएको हो।

महोत्तरीमा एक साता खुकुलो निषेधाज्ञा

महोत्तरी। कोरोना संक्रमणको दर कम हुँदै गएपनि महोत्तरी जिल्लामा गएराति देखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार बिहान, साँझमा तीन घण्टा अत्यावश्यक सामग्रीको पसल खुल्ने र सीमा नाका बन्द गर्ने गरी निषेधाज्ञा खुकुलो बनाईएको हो।

गुल्मीमा थप एक साता निषेधाज्ञा

गुल्मी। गुल्मीमा एक साता निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माका अनुसार कोरोना महामारीलाई न्युनीकरण गर्ने उद्देश्यले जेठ ३१ सम्मको निषेधाज्ञालाई लम्ब्याइएको हो। उनकाअनुसार पहिलेभन्दा खुकुलो बनाई असार १ गतेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको हो।

खुकुलो बन्दै लम्बियो उपत्यकाको निषेधाज्ञा

काठमाडौं। खुकुलो बन्दै काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले असारको पहिलो सातासम्म लम्ब्याएको निषेधाज्ञालाई खुकुलो बनाएका हुन्। जसमा बिहान ११ बजेसम्म तरकारी, खाद्यान्न र पुस्तक पसल खोल्न पाउने, दिउँसो ४ बजेपछि पुस्तक पसल खोल्न पाउने र अनलाईन होम डेलिभरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ।

चितवनमा एक साता निषेधाज्ञा लम्बाईयो

चितवन। कोरोनाको महामारी तिव्र गतिमा बढेसँगै चितवन जिल्ला प्रशासन कार्यलयले एक साताको लागि निषेधाज्ञा थप गरेको जिल्लाका सुुचना अधिकारी खेमराज पौडेलले जानकारी गराए। कोरोनाको जोखिम न्युनीकरण गर्ने उद्देश्यले जेठ २० गते राती सकिने निषेधाज्ञालाई लम्बाएर जेठ २७ गते राति १२ बजेसम्म पुर्‍याएको उनले बताए। यस पटकको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो बनाइएको उनको भनाई छ।