उत्पादन बढाउन सहकारी मोडल उपयुक्त : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सहकारी मोडल उपयुक्त भएको बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा भएकोे दोस्रो सहकारी महासम्मेलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि सहकारीको विकल्प नभएकाले उच्च प्राथमिता दिइएको दाबी गरे ।