म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

काठामाडौं : म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्।म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा  बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी बताए।

सम्बन्धित सामग्री

ललितपुरमा आएको बाढीमा परेर एक महिलाको मृत्यु, बालिका बेपत्ता

काठमाडौं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो ४:३० बजेतिर खोला तर्ने क्रममा […]

एक महिलाको मृत्यु, बालिका बेपत्ता

दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो ४ः३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी गराए ।स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान हुनाका साथै बेपत्त

बाढीले बगाउँदा महिलाको मृत्यु

हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीको कालावाङकी एक महिलालाई बाढीले बगाउँदा उहाँको मृत्यु भएको छ । सोमबार दिउँसोको वर्षापछि आएको बाढीले बगाउँदा कालावाङकी २४ वर्षीया हरिमायाँ शेरपुञ्जाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

बाढीले बगाउँदा १ जनाको मृत्यु, दर्जनौँ घर डुबानमा

दाङ । गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा दाङमा एकजना महिलाको मृत्यु भएको छ