पोखरामा प्रथम ‘मेयर सम्मेलन’ सुरु

पोखरा : पोखरामा आजदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ। सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ।पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौं, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ।सम्मेलनमा सहभागी हुन आएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले आज पोखरामा स्वागत गरेको छ। सहभागीलाई पोखरेली ढाका टोपी, सल र खादा मालाबाट स्वागत गरिएको थियो। पोखराका प्रमुख धनराज आचार्य, उपप्रमु