गण्डकी प्रदेश सरकारले प्रदेशका चार क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले मंगलबार उनीहरूलाई आफ्नै कार्यकक्षमा नगदसहित सम्मान गरेको हो । मन्त्रालयले राष्ट्रिय टोलीमा रहेर क्रिकेटमा योगदान पुर्याउने चार खेलाडीलाई प्रतिव्यक्ति ५० हजार प्रदान गरेको हो ।