माओवादीको आकस्मिक स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा माओवादीको स्थायी कमिटीको आकस्मिक बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुङगो लगाउने तयारी रहेको बताइएको छ। यस्तै पार्टीको आन्तरिक सांगठनिक विषयमासमेत छलफल हुनेछ। अध्यक्ष प्रचण्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए। यसअघि७गते बसेको बैठकले साउन आगामी साउन१७गते स्थायी समिति र२०गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो।

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलमा बैठक सुरु भएको हो ।

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो। यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई […]

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो । दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको पार्टी कार्यालयले जनाएको छ ।