भक्तपुर – मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो । नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र […]