पर्वतमा ग्लास स्काई ब्रिज सञ्चालनमा

पर्वत-नेपालमै पहिलो पटक सिसाको पुल(स्काईब्रिज) सञ्चालनमा आएको छ । पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सञ्चालनमा आएको हो ।हार्नेस जिपलाईन प्रालि कुस्माले टिकटक पारखीहरुका लागि लक्षित गरेर मुलुकमै पहिलो पटक स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ […]