काठमाण्डौ – कोरोना सङ्क्रमण रोकथामका लागि मलेसियामा फेरि देशव्यापी लकडाउन ‘मोमेन्ट कन्ट्रोल अर्डर’ लागू हुने भएको छ ।
जुन १ देखि १४ सम्म मलेसिया सरकारले अत्यावश्यक बाहेक सबै प्रकारका आर्थिक र सामाजिक गतिविधिमा रोक लगाउने निर्णय गरेको स्थानी सञ्चार माध्यम द स्टारले खबर लेखेको छ । खाद्यान्न, स्वास्थ्य क्षेत्र, पानी, बिजुली, सुरक्षा, इन्धन आयात निर्यात, बैङ्क तथा वित्तीय संस्था लगायतका १७ वटा अत्यावश्यक क्षेत्र बाहेक अन्य क्षेत्र सञ्चालन हुने छैन ।
अत्यावश्यक बस्तु खरिदका लागि पनि एकै परिवारका दुई व्यक्तिभन्दा...