चन्द्रागिरीको प्रमुखमा कांग्रेसका गिरी र उपप्रमुखमा एमालेकी श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार घनश्याम गिरी विजयी भएका छन् ।  नेकपा (एमाले)का उमेदवार उत्तमबहादुर राउतलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार गिरी निर्वाचित भएका हुन् । विजयी गिरीले १५ हजार ४७५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राउतले १४ हजार ६५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले...