ताजा तरकारीको तीतो

तरकारी, फलफूल, दूध, दही तथा माछामासुजस्ता कृषिजन्य उत्पादनहरू साधारण अवस्थामा धेरै समय भण्डारण गर्न सकिँदैन । तरकारी महँगिदा होस् वा चाहनाअनुसार किनमेल गर्न नपाउँदा भान्सा प्रभावित हुन पुग्छ भने अर्कोतिर तरकारी उत्पादक कृषकले पनि आफ्नो उत्पादन तत्कालै बिक्री गर्न नसके खेर जान्छ । विभिन्न कारणबाट आपूर्ति शृङ्खला खल्बलिएसँगै बजारमा अभाव र मूल्य वृद्धिको शृङ्खला पनि देखापर्छ । यो अवस्था बारम्बार दोहोरिँदा तरकारी कृषक र उपभोक्ता दुवैले तीतो अनुभव गर्नुपरिरहेछ ।