नेपाल भारतसँग हार्दै समूह चरणबाटै बाहिरियो

ललितपुर : नेपाल भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ। समूह 'ए' को आफ्नो दोस्रो खेलमा पनि पराजित भएसँगै साविक उपविजेता नेपाल सेमिफाइनलमा पुग्नबाट वञ्चित भएको हो। पहिलो खेल बंगलादेशसँग १–० ले हारेको नेपालका लागि सेमिफाइनलमा पुग्न भारतसँगको खेल जित्नैपर्ने दबाब थियो। थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आज बुधबार भएको खेलमा नेपाल भारतसँग  १–० ले पराजित भएको थियो। भारतको जितमा खेलको ३३औँ मिनेटमा मोहम्मद अर्सादले गरेको गोल नि