पानी नपरेपछि गुजाराको चिन्ता

महोत्तरी, ३ वैशाख । वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्नेबित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले किसानको चिन्ता बढेको हो । “खेतबारीमा भान्टा, परवल, घिरौँला, झिगनी, रामतोरिया, करेला, फर्सी र लौकालगायत तरकारी फसल पानीको अभाबमा सुकिरहेका छन्” भङ्गाहा–४ का […]