भाइटीकाको उत्तम साइत ११:०२ बजे

कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस दिन बिहान ११ : ०२  बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताएका छन् । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा  कात्तिक २० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।झिलीमिलीको चाड पनि भनिने ति