नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको बिहीबार निधन भएको छ । फोक्सोमा समस्या आएपछि दुई दिनअघि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएका उनको ८५ वर्षको उमेरमा निधन भएको हो । सेनाभित्र व्यावसायिक र अब्बल नेतृत्वकर्ताका रूपमा परिचित थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए ।