विज्ञापन नियमन गर्ने ऐनबारे कारण देखाउ आदेश

सञ्चार माध्यममा विज्ञापन प्रकाशन गर्नुअघि विज्ञापन बोर्डबाट स्वीकृती लिनुपर्ने ऐनबारे सर्वोच्च अदालतले ‘कारण देखाउ’ आदेश गरेको छ । विज्ञापनमा लगाइएको सेन्सरसिप हटाउन माग गर्दै परेको रिटमा सुनुवाई गर्दै संवैधानिक इजलासले सरकारलाई १५ दिनभित्र लिखित कारण बुझाउन आदेश गरेको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सो मुद्दाको सुनुवाई गरेका हुन् ।विज्ञापन नियमन गर्ने ऐन–२०७६ अनुसार सरका