गाजामा पर्यटकीय पूर्वाधार निर्माणका लागि ६४ लाख सङ्कलन
प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विसं १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ । ढोलठाना दरबारको संरक्षण र पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
भूगोल जोडिएका स्थानीय तहबीच अन्तरपालिका सहकार्य गरी विकासका एकीकृत पूर्वाधार निर्माण गर्न थालिएको छ । पालिकाभित्र एकीकृत र ठूला पूर्वाधार निर्माण गरी सामूहिक योजना सञ्चालन गर्न उनीहरूले अन्तरपालिका सहकार्य सुरु गरेका हुन् ।
नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सीमा जोडिएका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न अन्तरपालिका सहकार्य सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा जोडिएका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि अन्तरपालिका सहकार्य प्रभावकारी हुने देखिएर शिवपुरी गाउँपालिकाले काठमाडौँको टोखा, गोकर्णेश्वर, तारकेश्वर, कागेश्वरी मनोहरा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँग सहकार्य गरी शिवपुरीसम्म पदमार्ग निर्माणका लागि प्रारम्भिक कार्य अगाडि बढाएको छ ।”
पोखरा । पोखराको पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि शिव मन्दिर, दृश्यावलोकन केन्द्र (भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण अघि बढाएको हो ।
सराङकोटमा मानवबस्ती बसेदेखिबाट भैरव मन्दिरलगायतका मठमन्दिर निर्माण भएका र धार्मिक क्षेत्रका रूपमा विकास भएको बताइन्छ । एक दशकअघि त्यहाँ शिव मन्दिर निर्माणको अवधारणा अघि सारिएको थियो । अहिले शिव मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।
उनका अनुसार ४० करोड लगानीमा बृहत् सराङकोट धार्मिक पर्यटन गुरुयोजना निर्माणको योजना रहेकामा हालसम्म २० करोड लगानी भएको छ । समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोत जुटाउन चार वर्षअघि महायज्ञ लगाएर ६ करोडभन्दा बढी रकम संकलन गरेको थियो ।
बृहत् साराङकोट धार्मिक पर्यटन गुरुयोजनामा विशाल महादेव मन्दिर, तीन तलाको शिव मन्दिर, हवन कुण्ड, भ्युटावर, बहुउद्देशीय सभाहल, प्रवेशद्वारलगायतका संरचना निर्माण रहेको छ । समग्र गुरुयोजनाको हालसम्म ७० प्रतिशत काम सकिएको बताइएको छ ।
‘पर्यटकीय स्थलका रूपमा विकास भएको सराङकोटलाई यहाँको ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाअनुसार गुरुयोजना निर्माण गरेर काम भइरहेको छ,’ समितिका अध्यक्ष जिसीले भने, ‘महानगर, प्रदेश, संघ सरकारसहित यहाँका विभिन्न संघसंस्था र सराङकोटवासीको लगानी र प्रयासबाट यसलाई आगामी एक वर्षभित्र पूरा गर्दछौं ।’
समितिअन्तर्गत नै विशाल बुद्ध मन्दिर निर्माण गर्न मुस्ताङका आरडी विष्टले १५ करोड उपलब्ध गराउने प्रतिज्ञा गरे पनि जमीन यकीन नहुँदा अहिलेसम्म काम अघि बढ्न नसकेको र छिट्टै सो कार्य पनि अघि बढाइने समितिले बताएको छ । शिव मन्दिरका लागि १० करोड लगानी हुने अनुमान समितिको छ । भ्यूटावर निर्माणका लागि हालसम्म प्रदेश सरकारबाट विभिन्न चरणमा ९० लाख लगानी भएको बताइएको छ । भ्यूटावरको संरचनाको काम सकिएको छ । यसैगरी सभाहलको माथिल्लो तलालाई संग्रहालयको रूपमा विकास गर्ने योजना रहेको पूर्वाधार निर्माण समितिका सचिव कृष्ण थापाले जानकारी दिए । रासस