डाक्टरहरु सुगममा मात्रै थुप्रिए, अब दुर्गममा पनि पठाउँछौं: लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री
जति पनि डाक्टरहरु आउनुहुन्छ, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक र भेरी प्रादेशिक अस्पतालमै जान खोज्नु हुन्छ। यो भन्दा अन्त जान उहाँहरु मन गर्नुहुन्न।...
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले दुर्गम तथा पहाडी जिल्लामा स्वास्थ्यकर्मीहरुलाई पठाउन विशेष सुविधाको कार्यक्रम ल्याएको छ । ती क्षेत्रहरुमा चिकित्सकहरुको धेरै अभाव भएका खबर निरन्तर सार्वजनिक भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले ती क्षेत्रमा जाने चिकित्सकलाई अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव ल्याएको हो । प्रदेश सरकारले प्रदेश सरकार अन्तर्गका १२ जिल्लास्थित अस्पतालहरु ५० शैयामा […]