अमेरिकामा नयाँ भेरियन्टबाट संक्रमितमध्ये २२ प्रतिशत बालबालिका

अमेरिकामा कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित भएकामध्ये २२ प्रतिशत बालबालिका रहेका थाहा भएको छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले अनुसन्धान गरी यो तथ्यांक आम जानकारीमा ल्याएको हो। कूल संक्रमितमध्ये झण्डै एक चौथाइ बालबालिका रहेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उनीहरूलाई पनि खोप दिनेबारे निर्णय हुने बताएका छन्। १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउनेबारे आफूले योजना बनाइरहेको उनले जानकारी दिएका हुन्। बालबालिकाका लागि अमेरिकामै फाइजर–बायोएनटेक खोप तयार गरिँदैछ। औषध