शुक्रबार स्थानीय तह निर्वाचनका दिन भारी वर्षा र निरन्तर वर्षा नहुने मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले प्रक्षेपण गरेको छ। विभागले शुक्रबार भारी वर्षा र निरन्तर वर्षा नहुने प्रक्षेपण गरेको हो । पश्चिमी वायुमा स्थानीय वायु मिसिँदा मौसम सक्रिय भएकाले हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम विद् बरुण पौडेलले बताए । उनका अनुसार पानी परेपनि तत्काल रोकिने र एउटै जिल्लामा पनि मौसम फरक फरक रहने छ । उनले खण्ड खण्डमा पानी पर्ने भएकाले वर्षाले धेरै ठूलो असर नपर्ने बताए । तर सामान्य