काँग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री यादव र शिक्षामन्त्री पौडेलको राजीनामा

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिम्मेवारी पुरा गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । किसानलाई समयमा मल दिन नसक्ने कृषिमन्त्री र विद्यार्थीलाई समयमा किताब दिन नसक्ने शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । उपसभापति गुरुङले कृषिमन्त्री महिन्द्रराय यादव र शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्री पदमा टाँसिरहनुलाई राजनीतिको विकृत रुपको संज्ञा दिए । ‘राजनीतिको विकृत रुप किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने। तैपनि मन्त्र