नम्बर प्लेटविनै चलाएका २ सय १९ वटा मोटरसाइकल पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २ सय १९ वटा मोटरसाइकललाई पक्राउ गरेको छ । महाशाखाले चलाएको ‘नम्बर प्लेटबिरुद्ध’ को कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १ सय ६५ वटा र नम्बर प्लेट अस्पष्ट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो ।ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरु विरुद्ध विशेष चेकजाँच अभियानअन्तर्गत ती मोटरसाइकलहरु

सम्बन्धित सामग्री

नम्बर प्लेट नराखी चलाइएका मोटरसाइकल नियन्त्रणमा

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका दुई सय १९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । चलाएको नम्बर प्लेट विरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका एक सय ६५ वटा र अस्पष्ट वा खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको महाशाखाले जनाएकाे छ ।ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरु विरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको ...

मोटरसाईकल चोरेको आरोपमा वीरगञ्जबाट एकजना पक्राउ

४ भदौं, वीरगञ्‍ज । प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हबी नगरपालिका-६ बस्ने २२ वर्षीय जीत बहादुर चौधरी रहेका हुन् । पर्साको धोविनी गाउँपालिका–४ बस्ने २३ वर्षीय गौरभ पटेलको ०३– ००८ प ७१३६ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा वीरगञ्जबाट उनलाई पक्राउ गरिएको जिल्ला […]

बिना साँचो कुदिरहेको केटिएम डुक चोरीको, पाँच घण्टा अघि मात्र हराएको थियो

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट हराएको एउटा मोटरसाइकल पाँच घण्टालगत्तै फेला परेको छ। आइतबार दिउँसो ३ बजे कौशलटारमा बिना साँचो कुदाइरहेको अवस्थामा बा ९५ प २३३ नम्बरको २ सय सिसि केटिएम डुक मोटरसाइकलसहित दोलखाका १९ वर्षीय विज्ञान भुजेललाई महाशाखाको सादा पोसाकको टोलीले पक्राउ गरेको छ। आइतबार बिहान ८ बजे उक्त मोटरसाइकल भक्तपुरको सानोठिमीबाट […]

अमर्यादित होली खेल्ने ११ युवा पक्राउ

कपिलवस्तुमा सोमवार अमर्यादित ढंगले होली खेलेको आरोपमा प्रहरीले ११ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती रंग दल्ने, अमर्यादित रुपमा होली खेल्नेहरू रहेका छन् । यस्तै सवारी नियम उलंघन गर्ने २ सय ११ वटा मोटरसाइकल र  १० वटा अटो रिक्सा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।