स्वास्नी मान्छेको एक मृदुल मुस्कानले अँध्यारोको आधिपत्यमाथि धावा बोल्दै उज्यालो बनाउँछ घर को भन्न सक्छ त्यो क्रान्ति होइन ? रुँदै गरेका बच्चा आमाको काख पाएर जब लुटुक्क निदाइदिन्छ त्यो काख कुनै क्रान्तिको मैदान भन्दा कम हुँदैन जब ग्रहण गर्छे नारीले वीर्य र, आमा बन्न लागेको महसुसका साथ ओठभरि फुलाउँछे मुस्कान क्रान्तिको चरम उत्कर्ष भेटिन्छ उसको […]