काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानमा उल्लेख आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील रहँदै आएको बताएका छन् । विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातीको ज्ञान सीप र सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संविधानमा उल्लेख हकहित स्थापित गर्न क्रियाशिल रहँदै आएको बताएका हुन् । […]